Khabar Samachar

कन्सर्टमा गीत गाउँदागाउँदै भारतीय गायक केकेको निधन

304
VIEWS

काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।

मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् ।केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सयभन्दा धेरै गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित