Skip to main content

Khabar Samachar

Search
Close this search box.

रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी

208
VIEWS

रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रुसले कब्जा गरेको छ ।”
देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।

यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित