Khabar Samachar

पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी

205
VIEWS

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याए।

संघको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए। उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याइन्। प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भए।

उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएकी छन् । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भए । यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन् । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरेका छन् । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन्।

यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन् । संघको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए। अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित