Khabar Samachar

७४ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न तीन पक्राउ, २६ लाखको चेक बरामद

216
VIEWS

प्रहरीले हुण्डी कारोबारमा संलग्न एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ।  

काठमाडौंको नरदेवी एरियामा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

भारत राजस्थान शिखर जिल्ला देवथला घर भइ हाल अनामनगर बस्ने वर्ष ६४ को राजु अग्रवाल तथा निजका सहयोगी कर्मचारी समेतलाई स्रोत नखुलेको ५०० र १००० दरका नेपाली रुपैयाँ ७४ लाख रुपैयाँसहित पक्राउ गरेकाे हाे। उनीहरुकाे साथबाट विभिन्न व्यक्तिको नाममा काटिएका विभिन्न वित्तिय संस्थाका रु २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको चेक थान ९ बरामद गरिएको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेहरुमा भारतीय नागरिक अग्रवालसहित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भइ हाल जोरपाटी बस्ने वर्ष २० को रामहरी दुलाल र रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भइ हाल चाबहिल बस्ने वर्ष २४ को सुदिप आचार्य रहेका छन्।

उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित