Khabar Samachar

मध्यमेवाजल विद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

206
VIEWS

उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्गमानिर्माण भइरहेको मध्य मेवाजलविद्युतआयोजना (७३.५ मे.वा) को भूमिगतविद्युतगृहकोक्याभन खन्नेकार्य आजसफतलापूर्वक सम्पन्नभएको छ । ६१.५ मिटर लम्बाई,१५ मिटर चौडाई, २७ मिटर उचाई भएकोउक्तक्याभन खन्ने कार्य ९ महिनाभन्दाकम समयमा सम्पन्नभएको हो । सो क्याभन विद्युतगृह निर्माण गरी जर्मन प्रविधिबाट निर्माण गरिएका २४.५ मे.वा. क्षमताका तीनवटा टर्वाइनहरु जडान गरिनेछन् ।
साथै, आयोजनाकासिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइनलगायतकाकार्यहरु समेत द्रुतगतिमाभइरहेको छ । सुख्खायाममा समेत ७३.५ मे.वा. पूर्ण क्षमतामा दैनिक ६ घण्टा पिकिङ्गउर्जा उत्पादनगर्न सकिनेयसआयोजनाकोनिर्माण सम्पन्नभएपश्चातवार्षिक ४३६.०८ गिगावाट–घण्टा विद्युतीयउर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्नेछ ।
भुमिगतविद्युतगृहको क्याभन निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै कम्पनीका अध्यक्षविजयबहादुर राजभण्डारीलेभूमिगतविद्युतगृहको क्याभन खन्ने कार्य चूनौतीपूर्ण भएको उल्लेख गर्दै सो कार्य सम्पन्न गर्नका लागि योगदान पु¥याउनुहुने डेभलपर्स, ठेकेदार, परामर्शदाता, कम्पनीका सम्पूर्ण कर्मचारीहरुलगायतप्रत्यक्षतथाअप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबैलाई धन्यवादज्ञापन गर्नुभयो ।यस किसिमकोे विद्युतगृह नेपालमा भएका थोरै भूमिगत विद्युत गृहमध्ये एक रहेको उहाँले बताउनुभयो ।
कम्पनीका प्रबन्ध सञ्चालकभानु पोखरेलले भूमिगतविद्युतगृहको क्याभन खन्ने कार्यआफैमा जटिल भएको र सो कार्य सफलतापूर्वक सम्पन्नहुनुले आयोजनाका बाँकीकार्यहरु निर्धारित समयमै सम्पन्न गर्नका लागिथपउत्साहबढाएको बताउनुभयो । आयोजनाको निर्माण व्यापारिक उत्पादनआरम्भ गर्नुपर्ने   मार्च २०२४ भित्रै सम्पन्नहुने गरीसम्पूर्ण कार्यहरु भइरहेको उहाँले जानकारी गराउनुभयो ।
मेवाडेभलपर्सले आगामीवर्ष साधारण शेयर निष्काशन गर्ने तयारी समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित