Khabar Samachar

भेटियो नक्कली डबल ब्ल्याक, पाँचजना पक्राउ

211
VIEWS

ब्रान्डेड विेदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ ।

भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ । बरामद ती सामान सबै सिलप्याक अवस्थामा थिए ।

यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतल हरु ठुलो परिमाणमा बरामद भएको जनाइएको छ ।

ती मदिराहरू नाइट क्लबदेखि दोहोरी साँझसमम्म पुग्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले त्यसअघि कोटेश्वरबाट हरि वलीलाई पक्राउ कोठामा खानतलासी लिएको थियो । कोठामा डबल ब्ल्याक, ब्ल्याक लेभल, रेड लेभल र ज्याक ड्यानियल्सका चार कार्टुन सिल प्याक मदिरा बरामद गरेको भएको प्रहरीको भाइ छ । त्यो गैरकानुनी मदिरासँग थप तीनजना जोडिएपछि प्रहरीले उनीहरूलाई पनि नियन्त्रणमा लिएको थियो । त्यसपछि मदिरा उत्पादन हुने ठाउँमा प्रहरी पुगेको हो ।

पक्राउ पर्नेमा दोलखाका वली र बस्नेतबाहेक दोलखाकै विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित