Khabar Samachar

सर्वसाधारणले २९ भदौदेखि नयाँ नोट साट्न पाउने

210
VIEWS

दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिंदो चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो ।

सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् । राष्ट्र बैंकले २६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र सर्वसाधारणले उपत्यकामा २९ भदौ तथा उपत्यका बाहिर २ असोजबाट नयाँ नोट सटही गर्न सक्ने उनले बताए ।

गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यलयनमा गएर पनि नयाँ नोट साट्न सकिने उनले बताए ।

राष्ट्र बैंकले बैंकहरुलाई नोट सटही सुविधा प्रदान गर्ने शाखा हेरर ५ देखि १० करोडसम्म प्रदान गरेको उनको भनाइ छ । राष्ट्र बैंकले नियमित रुपमा नै आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको भएपनि चाडपर्वमा नयाँ नोट सटही उच्च हुने हुँदा राष्ट्र बैंक्ले सोही अनुसार व्यवस्थापन गर्दै आएको छ ।

राष्ट्र बैंकसँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात रहेको र केही छपाइ भएर आउने क्रममा रहेकोले चाडपर्वमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउन समस्या नरहेको उनले बताए । गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान रहेकोले सोही अनुसार तयारी रहेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित