Khabar Samachar

देशभर भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

204
VIEWS

 

अहिले देशभर हल्कादेखि उच्च वर्षा भइरहेको छ। यसमध्ये पनि लुम्बिनी प्रदेशका आसपासका जिल्ला चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भइरहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा शुक्रबारदेखि मौसम केही सुधार हुने तर पूर्ण रुपमा सुधार भएर वर्षा रोकिन केही दिन लाग्ने मौसमविदको भनाइ छ।

यस्तै कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भने शनिबारसम्म नै बदली तथा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ। ती क्षेत्रमा मौसम सुधार हुनका लागि आइतबारसम्म नै पर्खिनु पर्ने मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।

आइतबारदेखि ती क्षेत्रमा मौसम केही सुधार हुन सक्ने छ।

हालको मौसमी प्रणाली बाहिरिएपछि मात्रै मनसुन कति समय रहन्छ वा कहिले बाहिरिन्छ भन्नेबारे बताउन सकिने महाशाखाले जनाएको छ।

पानी लगातार परिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित