असोजमा आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० का लागि चितवन टाइगर्सले टिम सार्वजनिक गरेको छ ।चितवनले बुधबार एक कार्यक्रमका बीच प्रभु पे संग मुख्य प्रायोजन सम्झता गरेको हो । चितवन टाइगर्सका मालिक किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।जसलाई प्रभु पेले मुख्य प्रायोजन गरेको छ । सोमपाल कामीको कप्तानीमा घोषित टोलीमा २० सदस्यीय टोलीमा श्रीलंकाका शेकुगे प्रसन्न, अफगान मोहम्मद सहजाद र करिम जनात, पाकिस्तानी ड्यानिस अजिज र मलेसियन भिरनदीप सिंह समावेश छन् ।कमलसिंह ऐरी, साहब आलम, इशान पाण्डे , ललितसिंह भण्डारी, दिलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अनसारी, भीम सार्की, खडकबहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी छन् । चितवनले मुख्य प्रशिक्षकमा सामसन जंग थापा घोषणा गरेको छ । चौथो संस्करणको ईपीएलमा चितवनसँगै भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, काठमाडौं किङ्ग्स-११, विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी चितवन टाइगर्सको माउ संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ । आइडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टका कुसुम लामाले आइडीएस सिल्क स्पोर्टस प्रालिको सुरुवातका लागि संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।आइडीएस ग्रुप र सिल्क स्पोर्ट्स मर्ज भएर बनेको आयडीएस सिल्क स्पोर्ट्स प्रालीको प्रमुखमा कुसुम लामा रहने किशोर भट्टराईले घोषणा गरे । यस्तै म्यानेजिङ डाइरेक्टरमा भट्टराई स्वयम रहनेछन् भने चितवनको अप्रेसनि डाइरेक्टरमा रहेकी विनिता चौधरी भट्टराई र सिल्क ग्रुपका डाइरेक्टरमा रमेश शेर्पा आइडीएस सिल्क स्पोर्ट्सको डाइरेक्टरमा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय