Khabar Samachar

पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट

17
SHARES
62
VIEWS

पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको हो ।
घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ३२ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । ६५ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाउँदै विश्वकपमा पुर्‍याए । उनले डिओगो जोटाको पासमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित