Khabar Samachar

गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने

204
VIEWS

सरकारले गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू गर्नैपर्यो भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको निर्णय अनुसार सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

कार्यविधि तयार भएसँगै अब देखि मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

सरकारले प्रतिस्थापन बजेटमार्फत त्यस्ता बिरामीलाई रकम दिने उल्लेख गरेको थियो ।

उक्त रकम देशभरका ७५३ स्थानीय तहबाट उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि हिजो अनुरोधसहित पत्राचार गरिएको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमन काफ्लेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित