Khabar Samachar

Search
Close this search box.

तिन डिआइजीलाई एआइजी बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

213
VIEWS

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । डिआइजीहरू धीरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो।

गृह मन्त्रालयले गत चैत १ गते उनीहरूलाई एआइजी बढुवामा सिफारिस गरेको थियो। लोकसेवा आयोगमा उजुरी परे पनि आयोगले त्रुटि नभेटेको भन्दै राय दिएपछि सिंह, पन्त र धानुकको बढुवा अघि बढेको हो।

कार्यक्षमतामा अत्यन्तै कमजोर रहेका पन्त र धानुकलाई राजनीतिक शक्तिकेन्द्रले बढुवा सिफारिस गरेको भन्दै तीन जना डिआइजीहरू लोकसेवा आयोगको कार्यालयमा उजुरी दिन पुगेका थिए। सिंह र पन्त कांग्रेसको कोटामा र धानुक अर्थमन्त्री जनार्दन शर्माको कोटामा बढुवामा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित