तिन डिआइजीलाई एआइजी बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

213
VIEWS

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । डिआइजीहरू धीरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो।

गृह मन्त्रालयले गत चैत १ गते उनीहरूलाई एआइजी बढुवामा सिफारिस गरेको थियो। लोकसेवा आयोगमा उजुरी परे पनि आयोगले त्रुटि नभेटेको भन्दै राय दिएपछि सिंह, पन्त र धानुकको बढुवा अघि बढेको हो।

कार्यक्षमतामा अत्यन्तै कमजोर रहेका पन्त र धानुकलाई राजनीतिक शक्तिकेन्द्रले बढुवा सिफारिस गरेको भन्दै तीन जना डिआइजीहरू लोकसेवा आयोगको कार्यालयमा उजुरी दिन पुगेका थिए। सिंह र पन्त कांग्रेसको कोटामा र धानुक अर्थमन्त्री जनार्दन शर्माको कोटामा बढुवामा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित