Khabar Samachar

दुई देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा जनकपुर–जयनगर रेल उद्घाटन

220
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गरेका हुन्। दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।

सो अवसरमा जनकपुर रेल्वे स्टेसनमा विशेष कार्यक्रम राखिएको छ। कार्यक्रमलाई लक्ष्य गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव पनि जनकपुर आएकी छन्। जनकपुर रेल्वे स्टेसनमा रेल आएपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेसनसम्म पुग्ने छिन्।

दुबै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए। दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित