Khabar Samachar

Search
Close this search box.

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड बन्द गरेर काम गरिने

201
VIEWS

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बर्दघाटदेखि दुम्कीबाससम्मको करिब १४ किलोमिटर खण्डमा खाल्डाखुल्डी र धुलोले गर्दा यात्रा कष्टकर भएकाले सो खण्डमा अत्यावश्यक बाहेकका सवारी बन्द गरेर सडक मर्मत गर्न लागिएको हो ।

दाउन्ने सडकखण्ड बन्द भएमा पूर्व–पश्चिम यात्राका लागि वैकल्पिक बाटो छ कि छैन ? अनलाइनखबरको यो जिज्ञासामा पूर्वी नवलपरासी (नवलपुर)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भने, ‘पूर्वबाट पश्चिमतर्फ जानका लागि गैंडाकोटबाट पाल्पा हुँदै बुटवल निस्किने बाटो छ । तर त्यहाँ साना गाडीहरुमात्र चल्छन् ।’

साना–ठूला सबै गाडीहरुका नारायणगढ–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो भएको उनले बताए । उनका अनुसार अहिले पनि केही गाडीहरुले यही रुट प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित