गृहमन्त्री रमेश लेखकले तीनकुनेमा भएको घटना धार्मिक आवरणमा अपराधजन्य काम भनेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै धार्मिक आवरणमा अपराधजन्य कार्य गर्न नहुने बताए । लेखकले कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम तथा राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने बताए।
‘कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन। कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन। धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन। कुनै पनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन,’ उनले भने, ‘कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने होइन। तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन।’
उनले तीनकुनेमा चैत १५ गते गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरीत भएको पनि बताए।
‘तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरीत छ, जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन,’ उनले भने।उनले तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराधकर्म भएकाले कुनै धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताए । उनले तीनकुनेमा राजतन्त्रको वकालतमा भएको विषय नेपालको संविधानविपरीत रहेको पनि बताए ।






















Discussion about this post