Khabar Samachar

Search
Close this search box.

दुर्गा प्रसाईंले वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सीडीओमार्फत पठाए पत्र

203
VIEWS

अभियन्ता दुर्गा प्रसाईंले वार्ताका लागि समय उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गरेका छन् । प्रसाई आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलमार्फत वार्ताका लागि समय मिलाइदिन भन्दै पत्राचार गरेका हुन् । उक्त पत्र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको छ ।

प्रसाईंले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन भन्दा पनि वार्तामार्फत सम्बाद र छलफल गर्न आव्हान गरेको थियो । त्यसै आव्हान अनुसार प्रसाई आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर वार्ताका लागि पत्र पेश गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका प्रसाईँले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छलफल समेत गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रसाईले घोषणा गरेको विभिन्न आन्दोलन तथा प्रदर्शनका विषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित