पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एन्ड ट्राभल कम्पनी प्रालिका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो। धादिङको ज्वालामुखी गाउँपालिका-२ का तिवारीलाई मंगलबार र काठमाडौँ-३१ का सिंहलाई बुधबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
अहिलेसम्म फेक रेस्क्युको आरोपमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित ९ जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।
उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको ब्युरोको अनुसन्धानमा देखिएको छ।
































Discussion about this post