Khabar Samachar

Search
Close this search box.

शाङ्हाईमा लकडाउन गरेपछि घट्यो कच्चा तेलको भाउ

207
VIEWS

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीनको वित्तीय हब शाङहाईमा लकडाउन गरेपछि चीनको तेल माग घट्ने आशंकामा सोमवार तेलको भाउ प्रतिब्यारेल ६ डलरभन्दा धेरैले घटेको थियो ।

लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७ : ३० बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ११२ डलर शून्य ८४ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ७ डलर १४ सेन्ट अर्थात् ५ दशमव ९४ प्रतिशत कम हो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ सोमवार  प्रतिब्यारेल १०५ डलर ५३ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा ७ डलर शून्य ७ सेन्ट अर्थात् ६ दशमलव ६७ प्रतिशत कम हो ।

शुक्रवार भने दुबै बेञ्चमार्कको भाउ १ दशमलव ४ प्रतिशतले बढेका थिए । हप्ता भरको कारोबारमा भने ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ क्रमशः ११ दशमलव ८ प्रतिशत र ८ दशमलव ८ प्रतिशतले बढेका थिए । यो तेलको भाउमा भएको तीन हप्तायताको पहिलो वृद्धि थियो । २ करोड ६० लाख जनसंख्या भएको चीनको साङ्हाई शहरमा सोमवारदेखि संक्रमण नियन्त्रण गर्न दुई चरणको लकडाउन शुरु भएको छ ।

चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो । कोभिड बढेसँगै अप्रिलमा चीनको कच्चा तेल माग दैनिक ८ लाख ब्यारेलमा आउने अनुमान गरिएको छ । मंगलवार टर्कीमा हुने भनिएको रुस र युक्रेन बीचको वार्ताले पनि तेलको भाउ दबाबमा आएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित