Skip to main content

Khabar Samachar

Search
Close this search box.

गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा कांग्रेसलाई बहुमत

210
VIEWS

भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।

१८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सिट जितेको छ । यस्तै कांग्रेसले १७ र आम आदमी पार्टी (आप)ले ५ सिट जितेका छन् । भाजपाको यो जित गुजरातमा हालसम्मकै धेरै सिट जितेको रेकर्ड हो ।

यसअघि सन् १९८५ मा भएको सातौं विधानसभामा निर्वाचनमा कांग्रेसले १४९ सिट जितेर सबैभन्दा धेरै सिट जितेको रेकर्ड राखेको थियो । त्यतिबेला भाजपाले केबल ११ सिट मात्र जितेको थियो । यसपटकको निर्वाचनमा भने भाजपाले रेकर्ड तोड्न सफल भएको छ । सन् २००२ मा भाजपाले गुजरात विधानसभामा १२७ सिट जितेको थियो ।

सन् २०१७ को गुजरात विधानसभा निर्वाचनमा भाजपाले ९९ र कांग्रेसले ७७ सिट जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित