Khabar Samachar

Search
Close this search box.

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

201
VIEWS

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा दिएको जानकारी गराएका हुन्।

उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सदनमै राजीनामा बुझाएका छन्। थपलियाले अब एमाले प्रतिपक्षमा बस्ने बताए।

उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने भएकाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

राप्रपाका तर्फबाट सहभागी मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिइसकेका छन्। राप्रपाले सरकार छाडेपछि मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित