Khabar Samachar

ओमिक्रोन XBB.1.16 को सङ्क्रमण नेपालमा पनि पुष्टि

224
VIEWS

विगत केही दिनदेखि छिमेकी मुलुकमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन XBB.1.16 को सङ्क्रमण नेपालमा पनि पुष्टि भएको छ । चैत्र महिनामा सङ्कलित २४ वटा PCR तथा Antigen पोजेटिभ नमुनाहरूको पछिल्लो पटकको परीक्षण नतिजा अनुसार ओमिक्रोन XBB.1.16 को सङ्क्रमण १० वटा नमुनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।कोभिड-१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा गरिएको पछिल्लो पटकको परीक्षण नतिजा अनुसार २४ वटै नमुनाहरूमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको भनाई छ । यसमध्ये ओमिक्रोन BA.1.1 -२ वटा नमुनामा, ओमिक्रोन BA.2 -२ वटा नमुनामा, ओमिक्रोन BA.2.76 -१ वटा नमुनामा, ओमिक्रोन BA 5 -२ वटा नमुनामा, ओमिक्रोन BA.5.2 – २ वटा नमुनामा, ओमिक्रोन XBB.1.16 – १० वटा नमुनामा, ओमिक्रोन XBB. 1.5 -३ वटा नमुनामा, ओमिक्रोन XBB.2.6 -१ वटा नमुनामा, ओमिक्रोन XBF -१ वटा नमुनामा ) पुष्टि भएको छ ।सङ्क्रमण बढेसँगै सिमानाकाबाट आवतजावत गर्ने शङ्कास्पद लक्षण भएका यात्रुहरूको सिमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरूबाट कोभिड – १९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए । नेपालमा मौसमी रुघाखोकीका साथै को भिड -१९ को सङ्क्रमण पनि वृद्धि हुँदै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित