Khabar Samachar

चितवनमा रोकिएको मतदान पुन: सुरू, आचारसंहिता मिचेकोमा रास्वपाले माफी माग्ने सहमति

202
VIEWS

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुन: सुरू भएको छ।

सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो।

यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए।

मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरेका थिए।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ।

साथै आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णयसमेत भएको छ। लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप पनि छ।

मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत भएको छ।

सो क्रममा दुई पक्षबीच झडपको स्थिति बन्दा मतदान प्रभावित बनेको थियो । मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय भएको हो ।

यस्तै मतदान केन्द्रको ३०० मिनेटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय भएको छ ।

सो निर्णयपछि भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित