नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।उपचुनावमा विजयी हुनेहरूलाई बधाई दिँदै उनले भने, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई रास्वपाले भारी मतान्तरले हराएपछि उनले यस्तो बताएका हुन् ।देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्न अब नयाँ ढंगले जुट्ने बताएका छन् । मतदाताको प्रत्येक मतलाई सम्मान गर्दै अगाडि बढ्ने उनको भनाई छ ।
मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले भन्दै नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताए । महामन्त्री शर्माले उपचुनावमा विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिए ।
Discussion about this post