Khabar Samachar

केपी ओलीमाथि आक्रमण प्रयास

214
VIEWS

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् ।

बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले केपी शर्मा ओली झापाको बुधबारेमा हुन लागेको कार्यक्रममा जाने क्रममा कोशी नामाकरणको विरोधमा रहेका समूहले ढुङ्गामुडा गर्ने दुःखद घटना भएको जानकारी गराएका हुन् ।

ढुङ्गा प्रहारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको र सो क्रममा २ जना प्रहरी घाइते भएको उनले बताए । उनले अध्यक्ष ओलीले गरेको कार्यक्रम सफल भएको र इलाम गएको सदनलाई जानकारी गराए ।

संसदमा बोल्दै मन्त्री श्रेष्ठले भने,‘शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्न र जनमत निर्माण गर्ने कामलाई सरकार सम्मान गर्ने तर गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूर्ण आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन । बलिदानी संघर्ष गरेर प्राप्त गरेको यो संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधानको रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध छ ।’प्रहरीले सकारात्मक भूमिका खेलेपछि ओली सहभागी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र उनी इलामतर्फ प्रस्थान गरिसकेको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित