नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको फिल्म हेर्न आफूहरू आतुर भएर बसेको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गिरीले नक्कली भुटानी शरणार्थीको विषयमा मिडियामा आएका विषयहरु नयाँ नभएको पनि बताए।
‘नक्कली भुटानी शरणार्थीको प्रकरण विभिन्न मिडियामा देख्न सकिन्छ। यो कुनै नौलो कुरा होइन। गत भदौ २२ गतेृ राष्ट्रियसभामा नेकपा एमालेको सांसद पार्वती रावलले गम्भीरताका साथ राख्नुभएको छ,’ गिरीले बैठकमा भने, छत्यस विषयमा सरकारले सुन्ने काम भएन। आजका मितिसम्म लत्याउने काम भयो। हामी भन्न चाहन्छौं, जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचारहरु हुन, ती सबै विषयलाई छानविनको दायरामा ल्याउनुपर्छ।’
अहिले प्रधानमन्त्री प्रचण्डले भनेको फिल्म हेर्न आफूहरु टिकट काटेर बसेको पनि उनले उल्लेख गरे।
‘अहिले प्रधानमन्त्रीज्युले भन्दै हिँड्नुभएको छ, यो ट्रेलर मात्र हो फिल्म त आउन बाँकी नै छ भनेर भन्दै हुनुहुन्छ। प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्न आतुर छौं,’ उनले भने, ‘तपाईंले फिल्म देखाउनुहुन्छ भनेर हामी टिकट काटेर बसेका छौं। फिल्म देखाउनुस्। हामीलाई विश्वास छ वाइडबडी र बासबासी घोटला काण्डबारे छानविन गरौं।’
Discussion about this post