Khabar Samachar

Search
Close this search box.

दार्चुला पुगेर ओलीले भारतलाई भने- विशाल भारत छ, यत्ति सिमाना सार्छ, यो सुहाउँदैन

206
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतलाई भूगोलमा ठुलो भएर सानो चित्त नबनाउन आग्रह गरेका छन् । बिहीबार दार्चुलामा भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दार्चुलाका समस्याहरू आफूलाई थाहा भएको भन्दै तिङकर भन्ज्याङको चीन जोड्ने बाटोका लागि ७०,७५ किलोमिटर चट्टान खोलेर तिङकरसम्म सडक पुर्‍याउनुपर्ने बताए । उनले भारतले अनावश्यक ढंगले बाटो बनाएर झमेला गरेको पनि बताए ।

उनले नदी वरतिर सर्‍यो भनेर सीमा वरतिर सर्ने नभएको भारतलाई भन्न चाहेको बताए। ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्‍यो कि सिमाना सारिहाल्ने?,’ उनको प्रश्न थियो।

‘हामी आफै बनाउने थियौं तर भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएर बेकारको झमेला निकाल्यो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु– नदी वर्तिर सर्‍यो भनेर सीमा वर्तिर सर्ने होइन । पहिला नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन । ठुलो भारतको सानो चित्त हुनुहुँदैन । ठुलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सरो कि सिमाना सारिहाल्ने ? यति विशाल भारत छ, यत्ति सिमाना सार्छ, यो सुहाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित