Khabar Samachar

Search
Close this search box.

नागरिक उन्मुक्तिले फिर्ता लियो नेपाल बन्द कार्यक्रम

203
VIEWS

नागरिक उन्मुक्ति पार्टी चार दिने नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ।यही जेठ ६ गते देखि १० गतेसम्म आह्वान गरिएको नेपाल बन्द कार्यक्रम फिर्ता गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दे नेपाल बन्द कार्यक्रम स्थगित गरिएको छ।

त्यसैगरी उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने गरी फौजदारी विधेयक संसदमा टेबुल भइसकेकाले सरकार पक्षसँग भएको सम्झौतालाई सकारात्मक भन्दै नेपाल बन्द कार्यक्रम फिर्ता लिइएको हो।

नागरिक उन्मुक्तिले टीकापुर घटनाका दोषी रेशमलाई दिइएको जन्मकैदको सजायलाई सर्वोच्च अदालतबाट सदर गरिएपछि आन्दोलन घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित