Khabar Samachar

चर्च ब्वाइज यूनाइटेड ए डिभिजन च्याम्पियन

213
VIEWS

चर्च ब्वाइज यूनाइटेड बी डिभिजनबाट बढुवा भएकै सिजन शीर्ष डिभिजनको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत मंगलबार सम्पन्न २५औं चरणको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेपनि एक खेल अगावै च्याम्पियन बनेको थियो ।

२०६६ सालमा स्थापना भएको चर्चब्वाइज ७७ सालमा सी डिभिजन छनोटको च्याम्पियन बनेको थियो । त्यसपछि २०७८ मा सी डिभिजनको च्याम्पियन हुँदै बी मा बढुवा भएको चर्चब्वाइजले ७९ सालमा बी डिभिजन च्याम्पियन हुँदै शीर्ष डिभिजनमा छनोट भएको थियो । र, २०८० मा ए डिभिजन लिगको नयाँ च्याम्पियन बन्यो ।

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोहि कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो ।

चर्च ब्वाइजको २६ खेलमा १३ जित ९ बराबरी र ४ हारको नतिजासहित ४८ अंक जोडेर च्याम्पियन बनेको हो । तस्बिरमा हेर्नुस चर्च ब्वाइजको च्याम्पियन ट्रफी ‘सेलिब्रेसन् ।

खेलमा मच्छिन्द्र क्लब दोस्रो भएको छ भने नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ। दोस्रो हुने मच्छिन्द्रले ५० लाख नगद र नेपाल पुलिस क्लबले २५ लाख नगद हात पारे।

घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो। यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो।

चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित