Khabar Samachar

महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला

202
VIEWS

प्रक्रिया पूरा गरेर सञ्चालन नगरेको भन्दै महानगरले भृकुटीमण्डपमा सन्चालित शैक्षिक मेला एक दिनको लागि बन्द गरएको छ । महानगरसँग समन्वय नगरी थ्रिडी बनाएको भन्दै आज एकदिनका लागि प्रदर्शनीस्थल बन्द गरिएकाे छ ।

आयोजकले महानगरलाई आज बिहानमात्रै मेला आयोजना गर्न लागेको जानकारी दिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । साथै मेलामा कलेजहरु सहभागी भएका विद्यार्थीको विवरण टिपेर राखेकाले आज बन्द गराएको उनले बताए ।
उच्च शिक्षाका लागि उत्कृष्ट कलेज खोजिरहेका विद्यार्थीलाई लक्षित गरेर हिसानले एडुफेयर (शैक्षिक मेला) भृकुटीमण्डपमा प्रदर्शनीस्थल राखेको थियो ।

आज बिहान सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मेलाको उद्घाटन गरेका थिए । मेलामा ७५ वटाभन्दा बढी शैक्षिक संस्थाका स्टलहरु राखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित