श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको ।
नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।
भारतका ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भएका थिए । उनलाई नेपाली टीमका कप्तान राेहित पाैडेलले क्याच आउट गराएका थिए ।
खाता नखोल्दै विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो । तर, ८ रनको अन्तरमा ३ विकेट गुमाएर नेपाल फेरी दबाबमा आएको हो। सोमपालले पनि १४ रन बनाए। रोहितले ६७ बलमा ६ चौका प्रहार गरेका थिए। नेपालले १४४ रन जोड्दा सातौं विकेटका रुपमा रोहितलाई गुमाएको थियो ।
आफ्नो पहिलो ओभर बलिङ गर्न आएका पार्ट टाइमर निसान्त सिन्धुले दोस्रो बलमै रोहितलाई आउट गरेका थिए । त्यसपछिका बाँकी तीन विकेट पनि सिन्धुले नै हात पारे । भारत ‘ए’ का सिन्धुले ४, राजबर्द्धन हंगरगेकरले ३ र हर्सित रानाले २ विकेट हात पारे ।
Discussion about this post