Khabar Samachar

Search
Close this search box.

सिनामंगलमा सुन पसल अगाडि शङ्कास्पद वस्तु फेला,सेनाद्वारा निष्क्र‍िय

274
VIEWS

नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ।सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए । रिजालले भने–‘गौशालाका डिएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ, अनुसन्धान गर्दै छौँ ।’

बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो।

खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।

प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित