Khabar Samachar

डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली

266
VIEWS

मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ।

सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे ।

सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीसहित ५ जनालाई पक्राउ गरेको सीआईबीले सबै कीर्ते अभियोगमै मुछिएका व्यक्तिहरु भएको जनाएको छ ।  त्यसमध्ये पक्राउ परेका अर्का व्यक्ति हुन् पिपरा–८ महोत्तरी घर भएका डा रञ्जित कुमार यादव  । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्क्लली र भारतीय भएको खुलेको प्रहरीको भनाइ छ । सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । ‘सम्बन्धित कलेजमा सोध्दा हाम्रो रेकर्डमा छैन भन्ने जानकारी आएको छ’ सीआईबी स्रोतले भन्यो ।

सोही प्रकरणमा पक्राउ पर्ने अन्यमा डा रामबाबु यादव, डा एरिना यादव र डा अमृत चौधरी र  रहेका छन् ।

पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सीआईबीको कार्यालय महाराजगन्जमा भएपनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ ।

यसैबीच सीआईबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ । सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद् सचिवालय  सिंहदरबार पुगेका हुन् ।

सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित