Khabar Samachar

Search
Close this search box.

उत्तरी गोरखाको वीरेन्द्र ताल फुट्यो

200
VIEWS

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ।

चुमनुव्री गाउँपालिकास्थित मनास्लु क्षेत्रमा रहेको ताल फुटेको हो। ताल फुटेर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष नीमा लामाले जानकारी दिए।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

साे टाेलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो । ‘बाढीले एउटा कच्ची पुल बगाएको छ । हाम्रो प्रहरी टाेलीका अनुसार बाढीले थप क्षति पुर्‍याउने सम्भावना छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित