प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे। उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणमा इमान्दार भएर लाग्नु आजको आवश्यकता भएको बताए।
उनले भने, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ। हामी त्यो बेलामा अलि बढी हौसिएछ की, समय भन्दा अगाडि नै दौडिइएछ की भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले। त्यसकारण अहिले हामी सहकार्य शुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ।’
प्रधानमन्त्री दाहालले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महशुस हुनेगरी काम गर्न आवश्यक रहेको बताए।
Discussion about this post