Khabar Samachar

फोहोरका गाडी पेरिसडाँडा पठाउन खोज्दा चालकहरू प्रहरी फन्दामा

206
VIEWS

उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बन्चरेडाँडा क्षेत्रमा फेरि अवरोध हुन थालेपछि काठमाडौँ महागरपालिका प्रमुख बोलेन्द्र शाह आक्रोशित छन्। आफूलाई असफल पार्न पुराना राजनीतिक दलका नेता–कार्यकर्ताले निहुँ खोजेको उनको बुझाइ छ।

 

यही बुझाइका आधारमा उनले सांकेतिक विरोधस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी माओवादी केन्द्रको पेरिसडाँडास्थित मुख्यालयमा चार ट्रक फोहोर विसर्जन गर्न निर्देशन दिएको महानगरका एक अधिकारीले बताएका छन्।

‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन ।’

 

उनले ती चालक ससम्मान रिहा नभएसम्म सिंहदरबार, सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने चेतावनीसमेत दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन। कोको जुध्न आउने हो, आए हुन्छ। कसैलाई बाँकी छोडिँदैन।’फोहोर व्यवस्थापनमा सहयोग नगरेको भन्दै उनले केही समय सिंहदरबारसहित विशिष्ट पदाधिकारीका निवासको फोहोरसमेत उठाउन रोकिदिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित