सडक बिभाग अन्तर्गतको सडक डिभिजन काठमाण्डौको गेटमा धूलो थुपारिदिने काठमाण्डौ महानगरको कदमलाई अराजक ब्यबहार भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ ।
शनिवार साँझ काठमाण्डौ महानगरपालिकाले आफ्नो कार्यालय गेट अगाडी धूलो थुपारिदिएपछि आक्रोशित भएको बिभागले जे बिषय उठाएर काठमाण्डौ महानगरका मेयरले धूलो थुपारे, खास कुरा त्यो भन्दा भिन्न रहेको बिबरणसमेत खुलाएको छ ।
शुक्रबारमात्रै डिभिजन प्रमुख र महानगरका मेयर बालेनवीच आपसी सहकार्य गर्ने बिषयमा छलफल भएको खुलाउँदै कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने बिषयलाई लिएर अराजक गतिविधि गरे प्रतिबादमा उत्रिने चेतावनीसमेत दिएको छ ।
Discussion about this post