Khabar Samachar

राप्रपा केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्ने तीनजनालाई माफी

203
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्ने तीनजनालाई माफी दिएको छ । उनीहरूलाई चार वर्षका लागि गरिएको निलम्बन तीन महिना नपुग्दै फुकुवा हुने भएको छ ।

सो घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई चार वर्षका लागि निलम्बन गरिएको थियो।

तर, ठाकुरमोहनले नै पार्टी केन्द्रीय कमिटी बैठकमा उनीहरूलाई माफी दिएको घोषणा गरेका छन्।

राप्रपाको जारी केन्द्रीय समिति बैठकको पहिलो दिन उनीहरूको निलम्बन फुकुवा गर्नुपर्ने माग उठेको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै गर्दा दुई महामन्त्रीसहित ८-९ जना केन्द्रीय सदस्य उठेर सांकेतिक विरोध जनाएका थिए । विरोध जनाउने महामन्त्रीमा डा. धवलशम्शेर राणा र कुन्ती शाही रहेको स्रोतले जानकारी दियो ।

त्यसपछि अध्यक्ष लिङ्देनले कार्यसूचीविपरीतको विषय उठाइएको भन्दै बस्न आग्रह गरे । उनीहरू बसे । तर, अधिकांश केन्द्रीय सदस्यले यो प्रकरणले पार्टीको बदानामी भएको धारणा राखेका थिए । अध्यक्षले पनि माफी गर्ने संकेत गरेका थिए ।

स्रोतका अनुसार हातपात गर्ने तीनैजनाले शीर्ष नेताको उपस्थितिमा ठाकुरमोहनसँग माफी मागेका छन् । त्यसपछि आजको बैठकमा ठाकुरमोहनले आफूमाथि हातपात गर्नेहरूलाई माफी दिएको घोषणा गरेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित