नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरूबीचको संयन्त्र बनाइएको बताएका छन्।
सङ्घीय, प्रदेश र स्थानीय तहमा समझदरी बढाउन संयन्त्र अवश्यक भएको उनको भनाइ छ।
‘धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो,’ चितवनमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको उनी बताउँछन्।
अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने उनले बताए।
‘देशभित्रै अवसर छ, विदेश मात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नुपर्छ,’ उनले भने।
Discussion about this post