भक्तपुरमा बुवाछोरा मृत फेला परेका छन्।
सोमबार बिहान सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकाधारास्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेकाहुन्।
खोटाङको रूपाकोट मजुवागढी नगरपालिका- १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन्।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै साेमबार बिहान उनीहरुको शव फेला परेको हो।
मृतक दुवैकाे शरीरमा चोट देखिएको छ। अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए। उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।































Discussion about this post