Khabar Samachar

Search
Close this search box.

अब ‘बा’हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने

206
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले ‘किक’लाई भोटमा बदल्ने निर्णय गरेको बताएका छन्। टुँडिखेल र आफ्नो गज्जबको सम्बन्ध रहेको बताउँदै उनले भनाइ समेत सच्याएका छन्।

उनले भने,  ‘टुँडिखेलले विवाद र चर्चा दुवै दिएको छ। किकलाई भोटमा बदल्ने निर्णय गरेको छु। भनाइ सच्याउन यहाँ उभिएको छ। लाज नपचेका नकचराहरु एक–एकजनालाई मतदानमार्फत् बिदा गर्नुपर्ने बेला भएको छ।’पूर्व टेलिभिजनकर्मी लामिछानेले टिभीमार्फत् भनेका थिए- ‘ …लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी।’

उनले लाज नपचेकाहरुलाई भनेको तर उनले लाज नपचाइ निरन्तरता प्रदान गरेको बताए। आफूले मिठा र चिल्ला कुरा गरेर दंग पार्न नजानेको तर जनता बचाउने औषधिमा पनि कमिसन खाएपछि बाध्य भएर त्यस्तो भनेको बताए। आफूले ‍उक्त भनाइ सच्याउन चाहेको बताउँदै भने, ‘लाज नपचेका नकचराहरु एक–एकजनालाई मतदानमार्फत् बिदा गर्नुपर्ने बेला भएको छ।’राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित