Khabar Samachar

Search
Close this search box.

तिलगंगामा गाडी ब्रेकफेल भएर दुर्घटना

210
VIEWS

काठमाडौँको गौशालाबात एयरपोर्ट तर्फ जादै गरेको यात्रुबाहक बस तिलगंगामा दुर्घटना भएको छ। एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०:५५ बजे दुर्घटनामा परेको हो। बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिएको थियो। दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए। बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ।S

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित