Khabar Samachar

Search
Close this search box.

सम्पत्ति शुद्धीकरण मुद्दामा युनुस अन्सारी पक्राउ

204
VIEWS

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई पक्राउ गरेको छ।

नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी उनी शनिबार कारागार कार्यालय नख्खुबाट छुटेका थिए।

छुटेलगत्तै उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

नक्कली भारतीय मुद्राको कारोबारमा उनको संलग्नतासँगै स्रोत नखुलेका करोडौं रकमको कारोबार देखिएका कारण नेपाल राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाइले प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोअन्तर्गतको आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार राष्ट्र बैंकले केही महिना पहिल्यै पत्राचार गरेको हो, तर, अनुसन्धान गरिनुपर्ने व्यक्ति कारागारमा कैद भएको अवस्थामा यथेष्ट अनुसन्धान हुन नसकेको उनले बताए ।‘स्रोत नखुल्ने रकमको कारोबारमा उनको संलग्नता देखिएको छ’, बोगटीले भने, ‘अनुसन्धानबाट खुलेका विषयमा उनको बयान र थप प्रमाणसहित हामी मुद्दाको म्यादभित्रै अदालत पेश गर्ने छौं ।’ युनुस नक्कली नोट प्रकरणमै समातिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित