कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङ काठमाडौं आइपुगेकी छन् ।
एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन्।
उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन्।
एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको छ ।
































Discussion about this post