मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ ।
कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् ।
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् ।
नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघ बढाउन उनले माग गरेका छन् ।






























Discussion about this post