Khabar Samachar

Search
Close this search box.

सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र

207
VIEWS

केन्द्रिय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन प्रयोजनको लागि नेपाली सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय भएको जानकारी दिए।

‘गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्नको लागि एउटा कार्यदल गठन गरिएको थियो,’ उनले भने, ‘उक्त कार्यदलले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनमा आधारित रहेर एकीकृत सुरक्षा योजनामाथि व्यापक छलफल गरेर यसलाई स्वीकृत गर्ने निर्णय भएको छ।’

उक्त योजनामा सुरक्षा निकायहरु कसरी परिचालन हुने, सुरक्षा संवेदनशीलताका हिसाबले जिल्लाहरुबा वर्गीकरण भएर आएका मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरूको परिचालनको विषय र निर्वाचनको समयमा सुरक्षा व्यवस्थापनको सम्बन्धमा सुरक्षाका योजनाहरुलाई तीन तहमा विभाजना गरिएको छ।

यस्तै निर्वाचनपूर्व के गर्ने, निर्वाचनको समयमा के गर्ने र निर्वाचनपश्चात के गर्ने भन्ने विषयहरू पनि समावेश गरिएको जनाइएको छ।

‘राजनीतिक अभियानहरू सीमानाकामा हुने अपराधिक कुराहरुको सबै सुरक्षा व्यवस्था योजनामा समावेश गरिएको छ,’ उनले भने, ‘यी सबै कुरासहित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ सुरक्षा स्वीकृत गरेको छ। त्यस्तै निर्वाचन प्रयोजनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न भन्दै सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित