Khabar Samachar

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो

209
VIEWS

आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय र चाँदीको मूल्य १२८० रुपैयाँ प्रतितोला छ ।

शुक्रबार ९७ हजार ७ सय रुपयाँ मा छापावल, ९७ हजार २ सय रुपैयाँमा तेजावी र १२६५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित