चर्चित लोकगीत गायिका विष्णु माझीको तिज गित ‘चरी जेलैमा २’ यो वर्षको तीज विशेष गीतका रुपमा सार्वजनिक भएको छ। गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत अधिकारीले दिएका छन् भने कोरसमा महिमा आचार्य रहेकी छिन्।
गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भए पनि लामो समयसम्म चर्चामा थियो।तीज गीतको मामिलामा विष्णुलाई कुर्ने स्रोता अझै धेरै छन्। धेरैले विष्णुको गीत नआउँदासम्म तीज आएको महसुस नै नहुने बताइरहेका छन्। तर यस वर्ष विष्णुको तीज गीतले भने स्रोतालाई त्यति धेरै सन्तुष्टि दिन सकेन।
केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन । लय, संगीत र धुनहरु पुरानै छन् । अघिल्लो गीतमै शब्दहरु मिसमास गरेर ल्याइएको गीतमा दर्शक-श्रोताको प्रतिक्रिया पनि नयाँपन छैन भन्नेछ । संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक-श्रोताले नयाँपन महसुस गर्ने कुरै भएन । भिडियो कम्पोज र कोरियोग्राफी पनि दुरुस्तै भएकाले सामाजिक सञ्जालमा यसलाई लिएर आलोचना पनि भएको छ ।
माझीको तीज गीत अब युट्युब प्लेटफर्ममा मात्र सीमित नरहेर यसपटकदेखि स्पटीफाइ, एप्पल म्युजिक, टाइडल, अमेजन म्युजिक, युट्युब म्युजिकमा पनि उपलब्ध छ ।
Discussion about this post