Khabar Samachar

Search
Close this search box.

एमाले सांसद मोहन बानियाँ निलम्बित

203
VIEWS

बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्। ४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित