Khabar Samachar

Search
Close this search box.

सिनामंगलस्थित काठमाडौँ इन होटलको रुम नम्बर ३०५ मा करिब ७ घन्टा सन्दीप र पीडित किशोरी बसेको खुलासा

249
VIEWS

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा सङै बसेको खुलेको छ। काठमाडौं-९ सिनामंगलस्थित भदौ ५ गते होटलको रुम नम्बर ३०५ मा करिब ७ घन्टा सन्दीप र पीडित किशोरी बसेका देखिन्छ । उनिहरु भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। सिसिटिभी फुटेजमा सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ रात बिताएर करिब सात घन्टा पछि भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक-पटक बलात्कार गरेको प्रहरीसँग भनेकी छन्। जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ। घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँ उनिहरु बसेको होटेल वा रेस्टुरेन्टको सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ।

               बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ। घटनाको अनुसन्धान प्रहरी वृत्त गौशाला र परिसरले गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित