Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरले हात्तीसारको सिद्धार्थ बैंक पछाडि चलायो डोजर

207
VIEWS

काठमाडौं महानगरपालिकाले हात्तीसारमा पनि टुकुचा खोलाको उत्खनन गरेको छ ।

आइतबार महानगरको टोलीले डोजर लगाएर उत्खनन गर्दा हात्तीसारमा पनि टुकुचा भेटिएको हो । महानगरले काठमाडौंको जयनेपालबाट सुरु गरेको उत्खननलाई निरन्तरता दिएको हो । यसैबीच, उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु नभत्काउन आदेश दिएको हो । यसैगरी अदालतले अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर मात्र दिइने पनि भनेको छ ।

त्यस्तै, पुरातत्व विभागले टुकुचा खोलाको विस्तृत अध्ययन गर्ने भएको छ । टुकुचा खोला छोप्न बनाइएको संरचना कति पुरानो हो भन्नेबारे विभागले अध्ययन गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित